अर्थ / वाणिज्य

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

६ जेष्ठ २०८१, आईतवार ०६:५७
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

६ जेठ, काठमाडौं । नेपाली बाजारमा सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

छापावाला सुन शुक्रबार तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्