शिक्षा

विद्यालयको आय आर्जनका लागि ३३ पोखरी अध्ययन (पोखरी परिचयसहित)

६ जेष्ठ २०८१, आईतवार ०६:४८
विद्यालयको आय आर्जनका लागि ३३ पोखरी अध्ययन (पोखरी परिचयसहित)

६ जेठ, काठमाडौं । विद्यालयको आन्तरिक आम्दानीको स्रोतका रुपमा भक्तपुर नगरपालिकामा स्थानीय पर्यटन प्रवर्धन गरी विद्यालयमा उद्यमशीलता प्रर्वधन गरिने भएको छ ।

भक्तपुर टुर्सको अवधारणा अनुसार भक्तपुरका ३३ पोखरी अध्ययन गरी उद्यम विकास गरिने भएको हो ।  विद्यालयको आन्तरिक आम्दानीको स्रोतका रुपमा ३३ पोखरी पदमार्गलाई लिन  सकिने भक्तपुर टुर्सले बताएको छ ।

पदमार्गमा रहेका खुल्ला स्थान, फल्चा र मन्दिरमा बिद्यार्थी र शिक्षकलाई पाठ्यक्रमका बिषयबस्तु छलफल गर्ने केन्द्रको रुपमा बिकास गर्ने निर्णय गरेका छौं । प्रयोगात्मक अभ्यासको पुर्व तयारीको लागि, हाल कक्षा ११ र १२ मा अध्ययन हुने बिषयहरुको छलफलको लागि तल दिइएको लिंकमा ’पोखरी परामर्श केन्द्र’ तोकिएको छ ।

यी केन्द्रहरुमा हुने नियमित छलफलबाट बिद्यार्थी र शिक्षकहरुमा उद्यमशिलता बिकासको लागि अति आबश्यक नविनतम सोचको बिकास गर्ने लक्ष्य लिएका छौं ।

बिषय शिक्षकको रुपमा परामर्श कार्यमा सहभागी हुने शिक्षकहरुले प्रारम्भिक चरणमा तोकिएको पोखरी केन्द्रमा सार्वजनिक बिदाका दिनहरुमा उपस्थित भै २०८१ सालको अध्यापन योजना निर्माण गर्नेछ । अध्यापन योजना बने पछि नियमित रुपमा परामर्श र छलफलका गतिबिधिहरु तल दिइएको लिंकमा दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्