समाचार

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सम्पन

६ जेष्ठ २०८१, आईतवार ०६:२७
नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सम्पन

३ जेठ, कालिकोट। कालीकोट सम्पन्न जिल्लास्तरीय बाल भेलाले बाल अधिकारसम्बन्धी ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिका माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो।

‘बालबालिकामाथि अझै पनि हिंसा कायमै छ,’ घोषणापत्र वाचन गर्दै रोकायाले भनिन्, ‘सुखी र समृद्ध नेपाल बनाउन बालबालिकामा लगानी बढाउनुपर्छ । निःशुल्क र गुणस्तरीय शिक्षा नारा र प्रचारमा मात्र सीमित भएको सुनाउँदै गाउँका विद्यालयमा गुणस्रीय शिक्षा दिन सके बीचैमा पढाइ छाडेर बाल विवाह गर्ने, ज्याला मजदुरीका लागि विद्यालय छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताइन् ।
जिल्लाका प्राय स्थानीय तहले बाल हित कोषको स्थापना गरी जोखिममा रहेका बालबालिकाको संरक्षणमा सहयोग गरे पनि अझै बाल कल्याण अधिकारी नियुक्त गरेका छैनन्। सामान्य परिवारमा जन्मेका बालबालिकाले गुणस्तरीय जीवन बाच्न नपाएको रोकायाको गुनासो छ।
यो सम्मेलनले स्थानीय तहको बजेटमा पैरवी गर्न सहयोग पुग्ने सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले बताए। विभिन्न विकास साझेदारको सहयोग र सामाजिक विकास कार्यालय कालीकोटको सहजीकरणमा जिल्ला स्तरीय बाल सम्मेलन ६ वर्षपछि आयोजना भएको हो।

घोषणापत्र ग्रहण गर्दै जिल्ला समन्वय समिति प्रमुख शाहीले सम्मेलनमा बालबालिकाले उठाएका सवाल आगामी योजना तर्जुमाका लागि मार्गदर्शन भएको बताए। उनले बालबालिकाले तयार गरेर जारी गरेको घोषणापत्र जिल्ला समन्वयको तर्फबाट स्थानीय तह, प्रदेश सरकार र बालबालिकाका क्षेत्रमा काम गर्ने विकास साझेदारलाई पठाइने प्रतिबद्धता गरे।

प्रतिक्रिया दिनुहोस्