स्थानीय समाचार

खाँडाचक्र र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रबीच मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गर्न सम्झौता सम्पन्न

६ जेष्ठ २०८१, आईतवार ०६:१३
खाँडाचक्र र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रबीच मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गर्न सम्झौता सम्पन्न

कालिकोट । खाँडाचक्र नगरपालिका कालिकोट र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) बीच मानसिक स्वास्थ्यको क्षेत्रमा काम कार्य गर्न सम्झौता भएको छ ।

आज सोमबार कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा नगर प्रमुख कमल बहादुर शाहीले कार्यक्रम सुपरभाइजर हिमाल गैरे लगायतका टोलीलाई स्वागत गर्दै नगरपालिका र सिएमसी बीच सम्झौता भएको हो ।

मानसिक स्वास्थको लैङ्गकि हिंसा विरुद्ध सचेतना मुलुक तालीम मार्फत नगरपालिकाका ११ वटा वडैमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले कार्य गर्ने सम्झौता गरेको हो ।

मनोसामाजिक सहायताका लागि मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावमा अझै पनि मानसिक रोगीलाई उपचार नगरी साङ्लाले बाँधेर राख्ने, खोरमा थुन्ने, दुव्र्यवहार गर्ने जस्ता कार्य परिवारबाटै हुँदै आएको अनुगमनबाट पाइएको छ। सशक्त महिला समृद्धि नेपाल बनाउने लक्ष्य सहित उक्त कार्यक्रमको सम्झौता गरिएको नगर प्रमुख कमल बहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्