राजनीति

सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्ने सहमति, संसद् अवरुद्ध नहुने

६ जेष्ठ २०८१, आईतवार ०१:३४
सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्ने सहमति, संसद् अवरुद्ध नहुने

६ जेठ, काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदलको बैठक बस्दैछ । समितिको टीओआर बनाउन आज बिहान साढे ८ बजे बैठक बस्न लागेको हो । उक्त कार्यदलले आज टीओआर बनाउनेछ ।

सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको कार्यादेश टुंगो लागेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

रास्वपा नेता शिशिर खनालले आज बिहान साढे ८ बजे कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको जानकारी दिए । ‘संसदीय समितिको टिओआर के हुने भन्ने विषयमा हामी छलफल गर्दै।

प्रतिक्रिया दिनुहोस्