खेलकुद

चेन्नाईलाई पराजित गर्दै बेङलोर प्लेअफमा

६ जेष्ठ २०८१, आईतवार ०१:१०
चेन्नाईलाई पराजित गर्दै बेङलोर प्लेअफमा

६ जेठ, काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लुरु जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नईलाई २७ रनले हरायो । आरसीबीलाई प्लेअफमा पुग्न कम्तीमा १८ रनको जित आवश्यक थियो ।

आरसीबीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन मात्र बनाउन सक्यो । चेन्नईका रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए । आरसीबीका यश दयालले दुई विकेट लिए ।

राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् । हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्