समाचार

उपत्यकाका छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

१५ पुष २०७८, बिहीबार १४:५४
उपत्यकाका छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

१५ पुस, काठमाडौं । उपत्यकाको छुट्टाछुट्टै स्थानमा आज दुई व्यक्ति मृत फेला परेका छन् । एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएको जनाइएको छ ।

मृत्यु हुनेमा काठमाडौँको जडीबुटी बस्ने मकवानपुर हेटौँडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन् । उता ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष आज मृत भेटिएका छन् । अन्दाजी ५०÷५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्