समाचार

अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा

३ जेष्ठ २०८१, बिहीबार १४:३०
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा

३ जेठ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानबिन समिति नबन्ने घोषणा गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी सहप्रवक्ता एवं सांसद मनीष झाले अब समिति नबन्ने बताएका हुन्।

उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबि गरे । उनले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफुहरु संसदीय छानबिन गर्न तयार नहुने बताए ।

‘यो गाइजात्राको निर्देशन नेपाली कांग्रेसका नेताहरू हुन्,’ उनले दाबी गर्दै भने।  उनले सभापति रवि लामिछानेमाथि छानबिन हुँदा कुनै समस्या देखिए सबै सांसदहरू राजीनामा समते दिने भने।

‘म छातिमा हात राखेर हामी सबै सांसदहरू भन्न सक्छौँ, मेरो सभापतिको सबै छानबिन गर, तयार छौँ, समस्या देखिए उहाँ एक्लैले राजनीति छाड्छौँ भन्नुभएको छ, हामी सबैले राजनीति छाड्छौँ। के नेपाली कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छ? सक्छ भने च्यालेन्ज भयो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्