राजनीति

सभामुखको भूमिका ओलीको आदेशपालक जस्तो देखियो– गगन थापा

३ जेष्ठ २०८१, बिहीबार १४:२६
सभामुखको भूमिका ओलीको आदेशपालक जस्तो देखियो– गगन थापा

३ जेठ, काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीवार संसद् बैठकका सभामुख देवराज घिमिरेको भूमिका नेताको आदेशपालक जस्तो देखिएको आरोप लगाएका छन् ।

पुरानो पार्टीको आबद्धता बिर्सेर तटस्थ भूमिका निर्वाह गर्न उनले माग गरे । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको थियो । यस्तो अवस्था आउनुको पछाडि एमाले अध्यक्ष ओलीको भूमिका रहेको महामन्त्री थापाको आरोप छ ।

उनले यसमा सभामुख देवराज घिमिरे दोषी भएको बताए। समझदारी खोज्न सदन बैठक सूचना टाँसेर स्थगित गर्न आग्रह गर्दा पनि सभामुखले एमालेको इसारामा बैठक चलाएको र अप्रिय स्थिति निम्त्याउन खोजेको उनले बताए।

उनले संसद्‌को शुक्रबारको बैठकमा छानबिन समिति बनाउने घोषणा नगरे संसद् चल्न नदिने बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ‌‌ओलीलाई आफूलाई आफ्ना कार्यकर्ताको व्यवहार नगर्न चेतावनी पनि दिए। ‘एमालेका सांसदलाई हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला, तर नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौँ । तपाईंले हामीलाई अह्राउने होइन ।’

प्रतिक्रिया दिनुहोस्