राजनीति

संसदीय छानबिन समिति गठन नभएसम्म संसद् अवरोध जारी राख्ने- काँग्रेस

३ जेष्ठ २०८१, बिहीबार १४:१८
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् अवरोध जारी राख्ने- काँग्रेस

३ जेठ, काठमाडौँ। सत्तापक्षसँग कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको हो ।

कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अगाडी बढ्न नदिने बताए ।

महामन्त्री थापाले कांग्रेसले संसदमा मुठभेड नचाहेको स्पष्ट गर्दै सत्ता पक्षले कांग्रेसलाई प्रोभोक गरेको आरोप लगाए । उनले आजको संसदको घटना हुनुमा सभामुख र सत्ता पक्षका संसदहरु जिम्मेवार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्