खेलकुद

ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो

३ जेष्ठ २०८१, बिहीबार ०२:२१
ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो

३ जेठ, काठमाडौँ।ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् । बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि ओमानका कप्तान इल्यासले बधाई दिएका हुन् ।

लामिछाने निर्दोष रहेको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा सन्दीप र नेपाल राष्ट्रको लागि शुभ दिन भएको उल्लेख गरेका छन् ।

‘कठिन समय पनि बितेर गयो, तर कठिन मानिसहरू… यो दिन हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो’ कप्तान इल्यासले लेखेका छन् ‘आगामी दिनहरूका लागि शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्