समाचार

जीप दुर्घटना: २ जनाको मृत्यु, १३ जना घाइते

३ जेष्ठ २०८१, बिहीबार ०२:१४
जीप दुर्घटना: २ जनाको मृत्यु, १३ जना घाइते

३ जेठ, काठमाडौं ।पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे छ। अन्य १० जनाकाे अवस्था भने सामान्य छ। घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ।बुधबार बेलुका पाैने ६ बजे नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हाे।

दुर्घटनाकाे कारण नखुलेकाे र यसबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्