अर्थ / वाणिज्य

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

२ जेष्ठ २०८१, बुधबार ०६:५४
फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

२ जेठ,काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको हो।यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ४५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १७ सय ४० रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्