समाचार

लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

२ जेष्ठ २०८१, बुधबार ०६:३४
लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

२ जेठ, झापा। झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–२ का ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचना आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरूलाई स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर रहेको पनि प्रहरीले जनाएको छ । चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको पनि चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्