समाचार

कुमारी बैंकको सिष्टम ह्याक गर्ने धम्की, बैंकले सबै सिस्टम बन्द गर्‍यो

१५ पुष २०७८, बिहीबार १४:४५
कुमारी बैंकको सिष्टम ह्याक गर्ने धम्की, बैंकले सबै सिस्टम बन्द गर्‍यो

१५ पुस, काठमाडौँ । अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको इमेल आएको बैंकले जनाएको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिए । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ ।

उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिस्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिस्टम खोल्ने तयारी गरिएको छ ।

धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो फेसबूक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिस्टम बन्द रहेको जनाएको छ ।

सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिए । “हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो ।

प्रतिक्रिया दिनुहोस्