राजनीति

नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेसले दुवै सदन अवरुद्ध गर्ने

१ जेष्ठ २०८१, मंगलवार १२:२९
नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेसले दुवै सदन अवरुद्ध गर्ने

१ जेठ, काठमाडौँ । राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगरेको नेपाली कांग्रेसले अब संसद्मा कुनै सरकारी कार्यसूची प्रवेश गर्न नदिने बताएको छ ।

मंगलवार सरकारका नीति तथा कार्यक्रमपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने बताएका हुन् ।

लगत्तै प्रतिनिधि सभा र राष्ट्रिय सभामा बैठक बस्नेछ। उक्त बैठक दुवै सदनमा अवरोध गर्ने कांग्रेसको भनाइ छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो। कांग्रेसले अहिलेसम्म प्रतिनिधि सभामा मात्रै अवरोध गर्दै आएकोमा मंगलबारदेखि राष्ट्रिय सभा पनि अवरोध गर्ने भएको छ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्