अर्थ / वाणिज्य

ग्रीन हिल सिटीमा पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

१२ बैशाख २०८१, बुधबार ०१:१४
ग्रीन हिल सिटीमा पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

१२ बैशाख,काठमाडौँ। शेयर बजारका लगानीकर्ताहरूका लागि गए (शनिबार) ग्रीन हिल सिटीमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पाही इन्भेष्टमेन्ट प्रा.लिले आयोजना गरेको कार्यक्रममा कम्पनीले शेयर कारोबार र नि:शुल्क डीम्याट खाता अभिनयसमेत गरिएको थियो।

पाही इन्भेष्टमेन्टका कार्यकारी अधिकृत कमल धितालले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए ।

शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै कार्यकारी अधिकृत धितालले प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्