sudurpashchim

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

७ बैशाख २०८१, शुक्रबार ००:४०
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

७ बैशाख, काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्। सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति,  एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्।

प्रदेशका प्रमुख नजिर मियाँले उनलाई बिहीबार साँझ धनगढीस्थित आफ्नै कार्यालयमा मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनीयताको शपथ खुवाए। मियाँले नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।

२०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेकपा एकीकृत समाजवादीबाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेश सभामा संसदीय दलका नेता छन्।

उनको शपथ बिहीबार साँझ ७ बजेलाई तय गरिएको छ। यसअघि वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीबाट दुई जना सांसदले समर्थन जुटाएर छुट्टाछुट्टै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। एकै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी पेश भएपछि प्रदेश प्रमुख मियाँले अध्ययन र आवश्यक परेको खण्डमा सांसदको सनाखत गराउने भन्दै वैशाख ४ गतेसम्मका लागि समय दिएका थिए।

प्रतिक्रिया दिनुहोस्