भिडियो

सनम कठायतको नयाँ म्युजिक भिडियो ‘के छ मनैमा’ सार्वजनिक

२८ चैत्र २०८०, बुधबार २३:४८
सनम कठायतको नयाँ म्युजिक भिडियो ‘के छ मनैमा’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका अनु चौधारी र हरि कैनीको स्वर रहेको नयाँ गीत’ के छ मनैमा’ सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली संगीतकार तथा गीतकार हरि कैनीको शब्द तथा संगीत रहेको छ । दिपक संगम बिसीले संगीत एरेन्ज गरेका छन्।

उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत र स्मारिका ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोका निर्देशक बिक्रम चौहान, छायांकन प्रकाश खड्का अनि सम्पादन मिलन बिश्वोकर्माको रहेको छ ।

हेर्नुहोस भिडियो

https://youtu.be/uZSujGDw4HU

प्रतिक्रिया दिनुहोस्