समाचार

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण

२६ चैत्र २०८०, सोमबार २३:३५
गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको  निरीक्षण

२७ चैत, काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) आज भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिएका छन् । अहिले दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताए । उनका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ । बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्