शिक्षा

संखुवासभामा भारतीय सहयोगमा विद्यालय भवन शिलान्यास

२६ चैत्र २०८०, सोमबार २३:२६
संखुवासभामा भारतीय सहयोगमा विद्यालय भवन शिलान्यास

२७ चैत, काठमाडौँ। भारतले नेपालको सङ्खुवासभामा एक सामुदायिक विद्यालय भवको शिलान्यास गरेको छ ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको चार करोड दुई लाख ९ हजार आर्थिक सहयोगमा संखुवासभाको चिचिला गाउँपालिका– ३ मा विद्यालय भवन निर्माण हुने भएको छ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो । भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले उक्त विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति थियो।

विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने विद्यालयको लक्ष्य छ । नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा संखुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।

भारतीय राजदूताबासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् जसमा २ वटा परियोजना संखुवासभामा छन्।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस संखुवासभा जिल्लालाई उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्