राजनीति

एमाले कालिकोटको अध्यक्षमा मल्ल निर्वाचित

२५ चैत्र २०८०, आईतवार ०१:५१
एमाले कालिकोटको अध्यक्षमा मल्ल निर्वाचित

२५ चैत, कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिकोटको जिल्ला अध्यक्षमा तुलराज मल्ल निर्वाचित भएका छन्। उनले २ सय १८ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी दयाराम सिम्खाडाले १ सय ४३ मत प्राप्त गरेका छन्। यसैगरी, उपाध्यक्षमा टेक बुढा, सचिवमा पुष्पराज आचार्य, सहसचिवमा पबित्र कुमार शाही, महिला सहसचिवमा तारा शाही निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्