समाचार

बिहिबार कति थपिए नेपालमा कोरोना संक्रमित ?

१५ पुष २०७८, बिहीबार ११:०५
बिहिबार कति थपिए नेपालमा कोरोना संक्रमित ?

१५ पुस, काठमाडौ‌। नेपालमा पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पीसीआर परीक्षणमा २३५ र २ हजार ८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

सहि अवधिमा कोरोना संक्रमणबाट मृत्युको संख्या शुन्य छ। त्यस्तै मुलुकका विभिन्न अस्पतालबाट २२८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्