समाचार

ल्होसारको शुभकामना दिदै प्रचण्डले भने ‘गणतन्त्रको रक्षाका लागि जुटौँ’

१५ पुष २०७८, बिहीबार ०४:३०
ल्होसारको शुभकामना दिदै प्रचण्डले भने ‘गणतन्त्रको रक्षाका लागि जुटौँ’

१५ पुस, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताएका छन् ।

‘जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायकाबीच सहिष्णुता र आपसी ऐक्यवद्धता अपरिहार्य छ’, अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव छ ।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश हो, नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश पनि हो, देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ हुन्, यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो ।

तमु समुदायमा नयाँ वर्षको आगमनको खुसियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले आफ्नै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व राख्ने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्