अर्थ / वाणिज्य

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

१६ चैत्र २०८०, शुक्रबार ११:४७
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

१६ चैत,काठमाडौँ। नायब प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।

बुधबार बसेको सञ्चालक समितिको ३०४औँ बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई वैशाख १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन्। बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल यही चैत मसान्तमा समाप्त हुने भएपछि सो जिम्मेवारीमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्