समाचार

आज मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

१६ चैत्र २०८०, शुक्रबार ००:४४
आज मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

१६ चैत, काठमाडौँ। आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्