राजनीति

राप्रपाको काठमाडौँ केन्द्रित आन्दोलन चैत्र २७ का लागि सर्यो

२८ फाल्गुन २०८०, सोमबार १५:५५
राप्रपाको काठमाडौँ केन्द्रित आन्दोलन चैत्र २७ का लागि सर्यो

२८ फागुन, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रित आन्दोलन २७ गतेका लागि सारेको छ ।

पार्टी कार्यालय धुम्बााराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एसईईका कारण काठमाडौं केन्द्रित जनप्रदर्शनसहितको आन्दोलन चैत २७ गते गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा विपक्षमा मत दिने निर्णय गरिएको उनले बताए ।

बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णयसमेत गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा विपक्षमा मत दिने निर्णय गरिएको हो। यस्तै प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने अवस्था आए पार्टी अध्यक्षले उपयुक्त निर्णय लिनसक्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्