खेलकुद

लोयल्टीद्वारा उपविजेता महिला फुटबल टोली सम्मानित

२८ फाल्गुन २०८०, सोमबार १५:५२
लोयल्टीद्वारा उपविजेता महिला फुटबल टोली सम्मानित

२८ फागुन, काठमाडौँ। वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित भएका छन्।

लोयल्टी एकेडेमीले सोमवार मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो।

उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र लोयल्टीका संस्थापक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरे।

लोयल्टीले तीन लाख ६१ हजार ८ सय रुपैयाँ बराबरको नेपाली महिला टोलीलाई सम्मान गरेको थियो। महिला दिवसको अवसर पारेर विद्यालयले महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप महिला फुटबलर सम्मान गरेको जनाइएको छ ।

लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो। लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो। सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुन्। विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान ग¥यो।

सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर र कमल रखाल, गोलकिपर प्रशिक्षक उज्वल मानन्धर, फिजियोथेरापिस्ट नवीना श्रेष्ठ, अफिसियल सरिला श्रेष्ठ मलेखु, टोली प्रमुख पेमा डोल्मा लामालाई पनि जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो।

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गरे। उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाई रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता साह्रानीय रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्