समाचार

सरकार र मिटर ब्याज पीडितबीच चार बुँदे सहमति

२८ फाल्गुन २०८०, सोमबार १५:४८
सरकार र मिटर ब्याज पीडितबीच चार बुँदे सहमति

२८ फागुन, काठमाडौँ। सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सिंहदरवारस्थित गृह मन्त्रालयमा सोमबार ४ बुँदे सहमति भएको हो। यससँगै मिटरव्याज पीडितहरूको आन्दोलन ४२औं दिनपछि स्थगित भएको छ।

गृहमन्त्री रवि लामिछानेले आफ्नो जायम मागको लागि दुःख गरेर काठमाडौं आउनुपर्ने अवस्था नै गलत भएको बताए। उनले आफूले मिटरव्याजहरूको माग सम्बोधन गर्न निरन्तर सदनमा बोलेको बताए। उनले कार्यभार सम्हालेको केही दिनमै समस्या समाधान गर्ने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताए।

‘यति धेरै दुःख गरेर काठमाडौंसम्म आउनु नै गलत थियो। मैले सदनमा पनि यो कुरा उठाएको छु। मैले कार्यभार सम्हालेको केही दिनमै यो जिम्मेवारी पूरा गर्ने मलाई अवसर मिल्यो। समस्या समाधान गर्ने थप जिम्मेवारी हाम्रो काँधमा आएको छ। उचित मागलाई सम्बोधन गर्न र तपाइँहरूको पीडालाई अन्त्य गर्ने प्रतिवद्धता जनाउँछु,’ गृहमन्त्री लामिछानेले भने।

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

प्रतिक्रिया दिनुहोस्