राजनीति

राप्रपा पार्टी कार्यालयमा कुटाकुट

२७ फाल्गुन २०८०, आईतवार ०७:२०
राप्रपा पार्टी कार्यालयमा कुटाकुट

२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।

आज (आइतबार) केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकबाट नेताहरु बाहिरिने क्रममा कुटाकुट भएको हो ।कुटाकुट भएको राप्रपा महामन्त्री समेत रहेका नेता शरदराज पाठकले पुष्टि गरे पनि कारण भने पत्ता लागिसकेको छैन ।

कुटाकुटपछि अध्यक्षल गायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो ।

बैठक सकिएपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेताहरू विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाहीलगायत बाहिरिँदै थिए । त्यही बखत एक पुरुष विपरीत दिशाबाट भाग्दै आए, उनलाई अरु केही व्यक्तिहरूले खेदिरहेका थिए ।

यसपछि लिङ्देनको कार्यालय अगाडि झडप भयो । भाग्ने व्यक्ति लखेट्ने समूहबाट कुटिए । उत्तेजित भीडलाई राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, दीपक सिंहलगायतका नेताहरूले रोके । त्यसपछि कुटिने व्यक्ति लिङ्देनको कार्लाय छिरे । घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्