अर्थ / वाणिज्य

सुनको मूल्यमा दिनहुँ रेकर्ड

२७ फाल्गुन २०८०, आईतवार ०७:१०
सुनको मूल्यमा दिनहुँ रेकर्ड

२७ फागुन, काठमाडौं। सुनले दैनिक उच्च मूल्यको रेकर्ड बनाइरहेको छ।

आइतबार सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो । आज सुन एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो । छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्