राजनीति

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्र यादवले लिए शपथ

२७ फाल्गुन २०८०, आईतवार ०७:०४
प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्र यादवले लिए शपथ

२७ फागुन, काठमाडौं। नवनियुक्त उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद्मा पाँचौं वरीयता पाएका छन् ।

जसपाबाटै नवलकिशोर साह वन तथा वातावरणमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आजै शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।

उनीहरू मन्त्री बनेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । सरकारमा चार उपप्रधानमन्त्री छन् । प्रचण्ड सरकारमा एमालेका ८, माओवादीका ५ ,रास्वपा ४, नेकपा एकीकृत समाजवादी र जसपाका समान २ मन्त्री सहभागी भएका छन् ।

यादवसहित प्रचण्ड सरकारमा चारजना उपप्रधानमन्त्री रहेका छन् । एमालेका रघुवीर महासेठ पहिलो वरीयतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमश: दोस्रो र तेस्रो वरीयतामा छन् । यादवलाई अन्तिम वरीयतामा राखिएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । यससँगै प्रधानमन्त्री प्रचण्ड नेतृव मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्