नेपाली चलचित्र

प्रदीपको ‘पुजार सार्की’को लुक सार्वजनिक

२७ फाल्गुन २०८०, आईतवार ०६:५७
प्रदीपको ‘पुजार सार्की’को लुक सार्वजनिक

काठमाडौं। अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ । फिल्ममा उनले मैतबहादुर नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।

हाल प्रदीपसहित आर्यन सिग्देल र पल शाह ‘पूजार सार्की’ को छायाङ्कनमा व्यस्त छन्। यसैबीच, निर्माणटिमले प्रदीपको जन्मदिनको अवसरमा पूजार सार्कीमा उनले निर्वाह गरिरहेको चरित्रको लुक सार्वजनिक गरेको छ। निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा तस्विर सार्वजनिक गरेका छन्।

तस्वीरमा उनको चरित्र रुपान्तरण आकर्षक देखिन्छ । पात्र निर्वाहका लागि उनले गरेको मेहनत पनि देखिन्छ । फोटोमा उनलाई कालो टोपी, लामो कपाल र पञ्जैबाजाको दमाहा बजाउँदै गरेको देख्न सकिन्छ ।

तस्वीरले उनको चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने कथा पेश गर्छ । प्रदीपसँगै पल शाह र आर्यन सिग्देल पनि प्रमुख भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्