sudurpashchim

सुदूरपश्चिम सरकार आजै छोड्न नाउपाको निर्देशन

२६ फाल्गुन २०८०, शनिबार ०५:३८
सुदूरपश्चिम सरकार आजै छोड्न नाउपाको निर्देशन

२६ फागुन, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कमलबहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छन्।

पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्यराति सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन्।

‘संघीय सरकारमा हामी नयाँ गठबन्धनमा सत्तापक्षको बेन्चमा बसेका छौं तर त्यहाँ साथीहरु नेतृत्वसँग सल्लाह नै नगरी मन्त्री बन्नुभएको रहेछ । मैले उहाँहरुलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएकी छु,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन निर्देशन दिए पनि पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले कारबाही गर्ने चेतावनी दिइन् ।

प्रतिक्रिया दिनुहोस्