समाचार

माओवादीले बोलायो संसदीय दलको बैठक

२६ फाल्गुन २०८०, शनिबार ०५:३१
माओवादीले बोलायो संसदीय दलको बैठक

२६ फागुन, काठमाडौँ। माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ ।

२१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ।

प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारीमा छन्। यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गरेर निर्णय लिने छ।

प्रतिक्रिया दिनुहोस्