समाचार

धादिङ बस दुर्घटना अपडेट : दुई जनाको शव फेला

२४ फाल्गुन २०८०, बिहीबार १४:१६
धादिङ बस दुर्घटना अपडेट : दुई जनाको शव फेला

२४ फागुन, धादिङ। धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशुली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव बिहीबार फेला परेको हो। योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्