राजनीति

प्रधानमन्त्रीले गरेको बेइमानी ढाकछोप हुँदैनः गगन थापा

२४ फाल्गुन २०८०, बिहीबार १४:११
प्रधानमन्त्रीले गरेको बेइमानी ढाकछोप हुँदैनः गगन थापा

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन्।

प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको बताउँदै उनले प्रधानमन्त्रीले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने बताए।

बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको पनि बताए।

उनले भने, ‘निर्वाचन अगाडि गठबन्धन गर्नु हुँदैन थियो तर गर्‍यौँ। गठबन्धन गरिसके पछाडि यो गठबन्धनभित्र आवद्ध भएका प्रत्येक दलका सांसदहरु चाहे पुष्पकमल दाहाल हुनुहोस्, चाहे म हुँ, हामीले एकअर्काको निर्वाचन चिह्नमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ। त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकुलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन। उहाँसँग पनि थिएन। तर यी सबै कुराहरुको बेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरे पनि बेइमानी ढाकछोप हुँदैन। उहाँले शीर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ। पैताला छोप्न खोज्नुभयो भने शीर देखिन्छ।’

हामन्त्री थापाले भने, ‘प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफूलाई पनि पुष्पकमल दाहालले अगाडि उभिएर बोलिराख्दाखेरी कुनै पनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महसुस भयो, त्यहाँको हाउभाउ हेर्दाखेरी।

प्रतिक्रिया दिनुहोस्