समाचार

रास्वपाले टुंग्यायो मन्त्री, को को बन्ने मन्त्रि ?

२३ फाल्गुन २०८०, बुधबार ०८:३३
रास्वपाले टुंग्यायो मन्त्री, को को बन्ने मन्त्रि ?

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय सहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ। बालुवाटारमा भएको नयाँ सत्ता समीकरणको बैठकपश्चात रास्वपाले ४ मन्त्रालय पाएको हो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्यालयुवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्