मुख्य समाचार

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

२३ फाल्गुन २०८०, बुधबार ०८:२७
एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

२३ फागुन, काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सहभागी हुने भएको छ ।

महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । अन्य कुनै शीर्ष नेताले सरकारमा पार्टीको नेतृत्व गर्ने तयारी भए पनि अर्थ र गृहसहित महत्त्वपूर्ण मन्त्रालय नपाएपछि एमाले महासेठको नेतृत्वमा सहभागी हुन लागेको हो ।

हाल एमालेलाई ९, माओवादीलाई ५ र रास्वपालाई ४, जसपालाई २ मन्त्रालय दिने तयारी रहेको बताइएको छ। बैठकले यस अगाडि गत वर्षको पुषमा बनेको एमाले नेतृत्वको गठबन्धनको मोडालिटी अनुसार नै मन्त्रालयको संख्यालाई भागबण्डा गरेको छ।

प्रतिक्रिया दिनुहोस्