मुख्य समाचार

रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

२३ फाल्गुन २०८०, बुधबार ०७:३३
रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

२३ फागुन, काठमाडौँ। नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले गृहसहित ४ मन्त्रालय पाउने भएको छ ।

बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो । बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुँदैछ । अन्य मन्त्रालयहरू कसले पाउने भन्नेबारे केही बेरमा सार्वजनिक गरिने पनि ती नेताले जनाए ।

प्रतिक्रिया दिनुहोस्