समाचार

समाजवादीको निर्णय गठबन्धन साथ दिने

२३ फाल्गुन २०८०, बुधबार ०७:०१
समाजवादीको निर्णय गठबन्धन साथ दिने

२३ फागुन, काठमाडौँ। नेकपा (एकीकृत समाजदवादी) ले एमाले–माओवादीसहित बनेको नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको छ।

पार्टीको सचिवालय बैठक बस्नुअघि अध्यक्ष माधव नेपालको निवासमा बसेको शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति बनेको हो । तर, नयाँ गठबन्धनको सरकारमा भने तत्काल नजाने आफूहरुको निर्णय रहेको सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।

खनालले एमाले–माओवादी गठबन्धनभन्दापनि आफूहरुको लागि वामपन्थी एकताको विषय ठूलो भएको बताए । त्यसको लागि एमाले र माओवादी कसरी आउँछन् भन्ने विषय अझै पर्ख र हेरको अवस्था रहेको उनको भनाई छ ।

 हिजोमात्र प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कोटेश्वर पुगका थिए । आज विहान भने कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालसँग भेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्