समाचार

एमाले प्रमुख सचेतकमा बर्तौला

२२ फाल्गुन २०८०, मंगलवार ०९:३७
एमाले प्रमुख सचेतकमा बर्तौला

२२ फागुन, काठमाडौँ। नेकपा (एमाले)को प्रमुख सचेतक महेश बर्तौला बनेका छन्। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक तोकेका हुन्।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् ।

त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।

बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्