खेलकुद

नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि

२२ फाल्गुन २०८०, मंगलवार ०९:२७
नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि

२२ फागुन, काठमाडौँ। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको हो। १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित सिरिजमा नामिबिया भने लिगचरणबाटै बाहिरिएको थियो।

नेदरल्यान्डसका लागि ओपनर माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा साइब्रान्ड एंगलब्रेचले ४८ रन बनाए। त्यस्तै, म्याक्स ओड्वाटले २२ रन बनाउँदा विक्रमजित सिंहले २९ रन बनाएका थिए।

नेपालका लागि कुशल मल्लले ४ विकेट लिँदा अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले ४७ रन बनाउनु सर्वाधिक रह्यो। गुल्सन झाले ३४ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले २० रन बनाउँदा कुशल मल्लले २६ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्