समाचार

रास्वपाले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग

२२ फाल्गुन २०८०, मंगलवार ०९:१९
रास्वपाले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग

२२ फागुन, काठमाडौँ। नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले गृहसहित ४ मन्त्रालय पाउनुपर्ने अडान गरेको छ । रास्वपाले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको भनाइ छ ।

रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । निर्णय हुन बाँकी छ । “गृहसहित पर्यटन‚ भौतिक पूर्वाधार‚ सहरी विकास मन्त्रालय लिने विषयमा छलफल भइरहेको छ‚” ती नेताले भने‚ “सबै हामीले भनेको त नहोला, तर अडान त राख्नुपर्‍यो नि !”

प्रतिक्रिया दिनुहोस्