समाचार

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

२२ फाल्गुन २०८०, मंगलवार ०४:२०
मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

२२ फागुन, काठमाडौं। मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकअघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने जनाइएको छ। सोमबार एमालेबाट पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेका थिए।

गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्