राजनीति

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवासमा

२१ फाल्गुन २०८०, सोमबार १६:०४
माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवासमा

२१ फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन्।

बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा उनी नेता नेपाललाई भेट्न उनकै निवास पुगेका हुन् । नेपालका एक सचिवालयका सदस्यले नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड कोटेश्वर पुगेको पुष्टि गरे ।

प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेका छन्। उनीहरुबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलसमेत भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्