समाचार

चार दलबीच आठ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

२१ फाल्गुन २०८०, सोमबार १५:५५
चार दलबीच आठ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

२१ फागुन, काठमाडौं । नयाँ सत्तागठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ।

सोमबार साँझ चार दलका नेताले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शिर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रमा चारै दलको सहभागितामा नयाँ सरकार गठन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने उल्लेख छ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ। दलहरूले मन्त्रिमण्डल आपसी सहमतिका आधारमा बिस्तार गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्