समाचार

नयाँ गठबन्धनमा सहभागी जाने कि नजाने अन्योलमा एकीकृत समाजवादी

२१ फाल्गुन २०८०, सोमबार ०५:१८
नयाँ गठबन्धनमा सहभागी जाने कि नजाने अन्योलमा एकीकृत समाजवादी

२१ फागुन, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ।

 महासचिव घनश्याम भुसालका अनुसार नेकपा एसले आज अपरान्ह ३ बजे सचिवालय बैठक बोलाएको हो । नेकपा एस नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ । प्रधानमन्त्री दाहाल नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा छन् ।

‘हामीले नयाँ राजनीतिक घटनाक्रमलाई सतर्कतापूर्वक हेरिरहेका छौं, यो गठबन्धन कसरी बन्छ, कुन-कुन पार्टी सहभागी हुन्छन् र यसको नीति के हुन्छ भन्ने आधारमा हामी निर्णय गर्छौं,’ भूसालले भने, ‘हाम्रो राजनीति, नेताहरू र राजनीतिक उतारचढावका आधारमा यो अन्तिम गठबन्धनचाहिँ होइन।’ अध्यक्ष माधवकुमार नेपाललाई बिसञ्चो भएकोले सचिवालय बैठक कोटेश्वरस्थित उनकै निवासमा बस्नेछ।

गए राति बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदा एकीकृत समाजवादीबारे पनि कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्