समाचार

सानाे आकारमा मन्त्रिपरिषद् गठन हुने

२१ फाल्गुन २०८०, सोमबार ०५:०५
सानाे आकारमा मन्त्रिपरिषद् गठन हुने

२१ फागुन, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ मन्त्री परिषद् गठन हुने भएको छ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन भई सानो आकारको मन्त्रीमण्डल बन्ने बताएका छन्। सत्ता गठबन्धन टुटका संकेत आइरहँदा एमाले उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आजै सानो आकारको मन्त्रीमणडलले शपथ लिने जानकारी दिएका हुन्।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन्। रास्वपाबाट पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछाने  र एमालेबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी मन्त्री बन्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्