समाचार

कांग्रेसकाे आकस्मिक पदाधिकारी बैठक जारी

२१ फाल्गुन २०८०, सोमबार ०४:५७
कांग्रेसकाे आकस्मिक पदाधिकारी बैठक जारी

२१ फागुन, काठमाडौँ। नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी छ। सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

देउवा निवास बुढानीलकण्ठमा बैठक चलिरहेको हाे। सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

आजै बिहान सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्